logo
  • Saturday, 21 September 2024

पत्रकार अधिवेशन

Published Date : February 13, 1997

१७— पत्रकार अधिवेशन

त्रिभुवननगर (दाङ) २ फागुन ।  नेपाल पत्रकार महासंघ दाङ शाखाको जिल्ला अधिवेशन हालै सम्पन्न भयो ।

अधिवेशनको केन्द्रीय सदस्य झपेन्द्र गैरेले उद्घाटन  गर्दैे पत्रकारहरुले पत्रकारिताको कर्तव्यलाइ   सही ढंगमा पालन गर्नु पर्ने र अरुको अधिकार हनन नहुने किसिमवाट सही  तथ्य र सूचना प्रवाह गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

 शाखाका सभापति मधुसूदन पौडेलको सभापतित्वमा  सम्पन्न अधिवेशनमा सर्वसम्मतिवाट नयां कार्य समिति गठन गरिेएको छ ।

समितिको अध्यक्षमा कर्णप्रखर धिताल, उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमश: केपी घिमिरे, प्रताप रेग्मी, रुद्र वेहोसी र सदस्यहरुमा मुरारीकुमार शर्मा, रत्नाकर देवकोटा, अमर गिरी, भूवन देवकोटा, विमलकुमार अधिकारी र केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी ,मधुसूदन पौडल, सुशील गौतम, टीकाराम रेग्मी, मधुसूदन वैद्य र डिल्लीवहादुर केसी रहनु भएको छ ।रासस

————

Top