logo
  • Saturday, 21 September 2024

शान्ति र सुरक्षा गोष्ठी

Published Date : February 13, 1997


ललितपुर, २ फागुन २०५३ । अन्तरराष्ट्रिय पत्रकार महासंघको स्वर्ण जयन्तिको उपलक्ष्यमा राष्ट्रिय प्रेस क्लवव्दारा आयोजित एशियामा शान्ति र सुरक्षा विषयक दुई दिने गोष्ठी आज यहां शुरु भयो ।

एशियामा आतंकवाद नियन्त्रण गर्नमा यस क्षेत्रमा कार्यरत पत्रकारहरु वीच समन्वय एवं समझदारी कायम राखि अपराधीक क्रियाकलाप कसरी न्यून गर्ने भन्ने मुख्य उद्देश्य रहेको सो गोष्ठीमा नेपालका ३० वरिष्ठ पत्रकारहरुको सहभागिता रहेको छ ।

श्री ५ युवराजाधिराजवाट एक सन्देश पठाई वक्सी सो गोष्ठीको सफलताको कामना गरिवक्सेको छ ।

सूचना तथा संचार मन्त्री चीरन्जीवी वाग्लेले गोष्ठीको उद्घाटन गर्दै एशियाली मुलुक आर्थिक दृष्टिले पछाडी परेकाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन शान्ति सुरक्षालाई पहिलो प्राथमिकता दिनु पर्दछ भन्नु भयो ।

उहांले पत्रकारले स्वच्छ र निष्पक्ष पत्रकारीताका माध्यमवाट अपराधिक क्रियाकलाप नियन्त्रण गर्न ठूलो सघाउ पु–याउने चर्चा गर्दै एशियाली देशका पत्रकारहरु वीच शान्ति सुरक्षाका सवालमा साझा नीति हुनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।

मन्त्री वाग्लेले अन्तरराष्ट्रिय पत्रकार महासंघव्दारा वितरित अन्तरराष्ट्रिय प्रेस कार्ड नेपालका दश जना पत्रकारहरुलाई वितरण गर्नु भयो ।

राष्ट्रिय प्रेस क्लवका अध्यक्ष रामकृष्ण कर्माचार्यले अन्तरराष्ट्रिय पत्रकार महासंघको कार्यकारीणी परिषद्मा नेपालले विगत पांच वर्षदेखि प्रतिनिधित्व गर्दै आइरहेको जानकारी दिनु भयो । रासस
–––––

Top