१५– प्रधानमन्त्री–भूपू सैनिक
पोखरा, २ फागुन २०५३ । प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरवहादुर देउवाले वृटिश–गोरखाका भूत पूर्व सैनिकहरुको समस्या समाधानका सम्वन्धमा संयुक्त अधिराज्य सरकारले आगामी अढाई महिना भित्र घोषणा गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले नेपाल भू.पू.सैनिक संघ कास्कीव्दारा आज यहाँ आयोजित भूत पूर्व सैनिकहरुको भेलालाई सम्वोधन गर्दै वृटिश—गोरखा भूपू सैनिकहरुको समस्याको सम्वन्धमा आफूले वेलायत भ्रमणका वेला प्रधानमन्त्री जोन मेजर लगायत अन्य विभिन्न निकायका विशिष्ट व्यक्तिहरुसंग कुराकानी गरेको स्मरण गराउनु भयो ।
नेपाल र नेपालीका हितको पक्षमा वकालत गर्न आपूm कहिल्यै पछि नपरेको कुरा उल्लेख गर्दै अन्यायको विरुद्ध लड्नु सवै नेपालीको कर्तव्य हो भने नेपालीको समस्या समाधान गर्नु प्रजातान्त्रिक सरकारको प्रधानमन्त्रीको झन् ठूलो कर्तव्य हो भन्नु भयो ।
प्रधानमन्त्रीले भन्नु भयो – माग र लडाईं निरन्तर चलिरहने प्रक्रिया हो । मागेका सवै कुरा हामीले एकैपटक पूरा गर्न सक्तैनौ । हामीले सवै मिलेर अन्यायका विरुध्द लडौंला, धच्धच्याआंैला ।
कुनै पनि काम गर्न खोज्ने वित्तिकै विवाद आउने जस्तो प्रवत्ति राम्रो होइन भन्दै उहाँले अन्यायको विरुध्द लडी न्याय उपलव्ध गराउन सरकार सदा कटिवध्द रहने विश्वास व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले भू.पू. सैेनिकहरु विभिन्न शीपले युक्त हुन्छन् भन्ने कुरामा सरकार अनभिज्ञ छैन , यस्तो शीपलाई नेपालको हितमा सदुपयोग गर्ने तर्पm सरकार लाग्नेछ भन्नु भयो ।
विना विभागीय मन्त्री शरदसिंह भण्डारीले नेपालको ख्याति वढाउन स्वदेश तथा विदेशमा काम गरेका भू.पू. सैनिकहरुले उल्लेखनीय योगदान पु–याएको चर्चा गर्दै भूपू सैेनिकका समस्या वारे नेपाली काँग्रेस र सो पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई प्रशस्त जानकारी भएको वताउनु भयो ।
उहांले अनुशाािसत तथा जिम्मेवार भूपू सैनिकहरु अनर्गल प्रचारमा लागेर कहिल्यै हिंड्न नसक्ने विश्वास व्यक्त गर्दैे समान सेवा र तहवाट अवकाश पाएका भूपू सैनिकहरु प्रति समान व्यवहार नभएको कुरा पनि नेपाली प्रतिनिधिमण्डलले बेलायत सरकार समक्ष राखेको जानकारी दिनु भयो ।
नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष एवं साँसद लालकाजी गुरुङ्गले वेलायत सरकारले अपनाएको कल्याणकारी पेन्सन वृटिश–गोर्खा भूतपूर्व सैनिकहरुले पनि पाउनु पर्छ भन्नु भयो ।
नेपाल भूतपूर्व सैनिक संघ कास्कीका अध्यक्ष गञ्जसिंह गुरुङ्गको सभापतित्वमा भएको सो भेलामा संघका केन्द्रीय सदस्य एवं कास्कीका कोषाध्यक्ष टेकनसिंह गुरुङ्गले श्री ५ को सरकारले नेपाल भूपू सैनिक संघ कास्कीलाई पोखरामा उपलव्ध गराइसकेको २० रोपनी जमीन अर्काे काममा प्रयोग हुन नहुने कुरामा ध्यानाकर्षण गराउनु भयो ।
प्रधानमन्त्रीलाई आजै जिल्ला अध्यक्ष गुरुङ्गले बेलायत सरकारको लामो सेवा गर्ने भूपू सैनिकहरुको कल्याण सम्वन्धी एक स्मृतिपत्र पनि प्रदान गर्नु भयो ।रासस
–––––