logo
  • Saturday, 21 September 2024

खानेपानी योजना

Published Date : February 13, 1997

१९— खानेपानी योजना

तनहंू, २  फागुन २०५३ । स्थानीय तनहुूंसुर गाविसमा जिल्ला खानेपानी कार्यालयव्दारा संचालित विभिन्न खानेपानी योजनाहरु सम्पन्न भएका छन् ।

सो गाविसका पत्यारथोक,  रानीपानी, धारादी, चिसपानी र वडहरे खानेपानी योजनाहरुवाट ती क्षेत्रका २३०० जना लाभान्वित भएका छन् ।

कूल १२ लाख २१ हजार रुपैयांको लागतमा सम्पन्न ती योजनाका लागि जिल्ला खानेपानी कार्यालयले ९ लाख ९० हजार रुपैयां लगानी गरेको  र २ लाख ३१ हजार रुपैयां वरारको जनश्रमदान परिचालन गरिएको वताइएको छ । 

यसैगरी कूल ४० हजारको लागतमा सम्पन्न रिसिङ्ग रानीपोखरी गाविस ओडा नं  ७ मा सन्चालित खानेपानी योजनाको गाविस अध्यक्ष सरस्वतीकृष्ण श्रेष्ठले उद्घाटन गर्नु भयो ।

ग्रामीण स्वावलम्वन कार्यक्रम अन्तर्गत स्थानीय गाविसवाट २२ हजार रुपैयां प्राप्त सो खानेपानी योजनामा नपुग रकम स्थानीय जनश्रमदानव्दारा पूर्ति  गरिएको छ ।

उद्घाटन समारोहको सभापतित्व दलवहादुर वस्नेतले गर्नु भएको थियो ।

यसै वीच कोटदरवार गाउं  विकास समितिको कार्यालय भवन निर्माण कार्य पनि सम्पन्न  भएको छ । से भवन निर्माण गर्न रु. १ लाख ९८ हजार लागेको थियो ।

गाविस अध्यक्ष झुलवहादुर आलेका अनुसार सो निर्माण कार्यका लागि गाविस कोषवाट २५ हजार रुपैयां प्राप्त भएको थियो भने वांकी रकम जनश्रमदानव्दारा वेहोरिएको थियो । रासस

––––

Top