२०— विचार गोष्ठी
काठमाडौं, २ फागुन २०५३ । सरस्वती युवा क्लव दहचोकको नवौं वार्षिकोत्सवको उपलक्षमा हिंजो यहां श्री ५ वीरेन्द्र र गांउघरका विकासहरु विषयक विचार गोष्ठीको आयोजना गरियो ।
गोष्ठीको उद्घाटन गर्दै सांंसद रमेशनाथ पाण्डेले मुलुकको सुरक्षा एवं राष्टियताको संरक्षणमा सचेत रहनु पर्ने आवश्यकता औंल्याउनु भयो ।
उहांले भन्नु भयो —वहुदलीय प्रजातन्त्र अन्तर्गत रहेर सवैले आ–आफ्नो आचरण सुधार्न नसके मुलुक अधोगतिमा लाग्न सक्छ ।
नेपाली कांग्रेसका युवा नेता दामोदर गौतमले मुलुकका सम्पूर्ण पार्टीका नेताहरुले आ–आफ्नो आचरण सुधार गर्न आग्रह गर्नु भयो।
सो अवसरमा सांसद पाण्डेले क्लवव्दारा मौसुफको गद्दी आरोहणको उपलक्षमा आयोजित विभिन्न प्रतियोगिताका विजयी संघ , संस्थाका प्रतिनिधिहरुलाई कप तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।
क्लवका अध्यक्ष सनतकुमार गिरीको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा काठमाडौं जिविस सदस्य रमेशचन्द्र प्रधान, धर्मराज केसी, शिवकृष्ण भारती, शशीकुमार गिरी, सुरेशकुमार गिरी लगायतका वक्ताहरुले पनि आ–आफ्ने विचार व्यक्त गर्नु भएको थियो ।रासस
––––