logo
  • Saturday, 21 September 2024

प्रशिक्षण शिविर

Published Date : February 13, 1997

२२— प्रशिक्षण शिविर

सोलुखुम्वु,२ फागुन २०५३ । युवा खेलकूद तथा संस्कृति मन्त्री वलवहादुर के.सी.ले नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्लाको ७ नं. क्षेत्रका कार्यकर्ताहरुको लागि नेचा वेतघारीमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण शिविरको हिंजो यहां उद्घाटन गर्नु भयो।

उहांले सो अवसरमा नेपाली कांग्रेसको सिद्धान्त  भनेको राष्ट्रियता, प्रजातन्त्र र उदारवाद हो , यस सिद्धान्तलाई मूर्त रुप दिन कार्यकर्ताहरुमा अनुशासनको खांचो पर्ने कुरा वताउनु भयो ।

 मन्त्री के.सी.ले नेपाली कांग्रेस  जनताको पिय्र पार्टी भएकोले राम्रो काम गर्ने सम्पूर्ण व्यक्तिहरुले यहां अवसर पाउने उल्लेख गर्दै पैसाको भरमा नेतृत्वमा आउन चाहनेहरुदेखि हामी सचेत हुनु पर्छ भन्नु भयो ।

उहांल पार्टी े सवल वन्नको लागि त्यसमा नीति , सिद्धान्त, विधि—विधान र सवल नेतृत्वको जरुरत पर्ने कुरा पनि वताउनु भयो ।

वद्रीनाथ शर्माको सभापतित्वमा सम्पन्न सो समारोहमा शिवप्रसाद आचार्य, चेत प्रसाद आचार्य, मदनकुमार शर्मा, रामनारायण झा, गोवद्र्धन निरौला, आङेल शेर्पा लगायतका वक्ताहरुले वोल्नु भएको थियो ।

सोही समारोहमा मन्त्री के.सीले रा.प्र.पा. गाउं इकाई समितिका महामन्त्री उपेन्द्र भटृराई र उपाध्यक्ष जसकुमार राई समेत १३ जना राप्रपा कार्यकर्ताहरु नेकामा प्रवेश गरेकोमा उहांहरुलाई  स्वागत गर्नु भयो ।रासस

–––––

Top