logo
  • Saturday, 21 September 2024

मन्त्री जोशी

Published Date : February 13, 1997

२४— मन्त्री जोशी

तनहू ं(दमौली),२ फागुन २०५३ । शिक्षामन्त्री गोविन्दराज जोशीले जवसम्म जनतामा चेतनाको विकास हुदैन र जागरण आउदैन तवसम्म वहुदलीय व्यवस्था सफल नहुने विचार व्यक्त गर्नु भएको छ ।

मन्त्री जोशीले उक्त कुरा स्थानीय मनपाङ गाविसको अम्रेनीमा युगवोध वाचनालयको कार्यालय भवनको आज उद्घाटन गदँै वताउनु भएको हो ।

उहांले वर्तमान संयुक्त सरकारले गाउंको अधिकार गाउंलाई नै दिने विकेन्द्रीकरण ऐन संसदवाट पारित गरेर स्थानीय निर्वाचन सम्पन्न गर्न लागेको चर्चा गर्दै अव गाउंको विकासको जिम्मेवारी गाउंका जनतामा नै आएको छ भन्नु भयो ।

नेपाली कांग्रेस जिल्ला अध्यक्ष रघुनाथ पौडेलले शैक्षिक चेतनाको विकास विना समाजको विकास हुदैन भन्ने विचार व्यक्त गर्नु भयो ।

युगवोध वाचनालयका अध्यक्ष जयराम वाग्लेको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला विकास समितिका सदस्यहरु गौरवराज रेग्मी, नीलवहादुर थापा, जीत वहादुर  श्रेष्ठ र रामकृष्ण विश्वकर्मा लगायतका वक्ताहरुले पनि वोल्नु भएको थियो ।

स्थानीय समाजसेवी विष्णुप्रसाद वाग्लेले माता सुभद्रा वाग्लेको स्मृतिमा आठ आना जग्गा सो वाचनालय निर्माण गर्न नि:शुल्क उपलव्ध गराउनु भएको छ भने निर्माण कार्यमा ३० हजार रुपैयां लागेको छ । छाना छाउन जिल्ला विकास समितिले कर्कट  पाता उपलव्ध गराएको थियो ।

कार्यक्र्रममा सचिव डोलनाथ रेग्मीले वाचनालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।रासस

———

Top