logo
  • Saturday, 21 September 2024

अर्थमन्त्री महत

Published Date : February 13, 1997

२५— अर्थमन्त्री महत

काठमाडौं, २ फागुन २०५३ । अर्थ मन्त्री डा.रामशरण महतले नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र वैंकको  प्रथम मध्यमान्चल  क्षेत्रीय भेलाको हिंजो यहां उद्घाटन गर्दै संस्थानले धान्न सक्ने सीमा भित्र रही कर्मचारीहरुले आर्थिक सुविधाको माग गर्नु  पर्ने कुरा वताउनु भयो ।

उहांले ट्रेड यूनियनहरुमा व्यावसायिकताको विकास हुनु पर्ने कुरामा जोड दिंदै कर्मचारीहरुले उत्पादकत्व र  शीप अभिवृद्धि हुने खालका माग राख्नु पर्ने र हालको  प्रतिस्पर्धाको युगमा वित्तीय संस्था अझ  सक्षम हुनु पर्ने कुरामा जोड दिनु  भयो ।

संघका उपाध्यक्ष विजया क्षेत्रीको सभापतित्वमा सम्पन्न सो समारोहमा केद्रीय सदस्य श्रीप्रसाद पौडेल र संघका सचिव गोकुल  अधिकारीले पनि कर्मचारीहरुको हक हितका वारेमा प्रकाश पार्नु भएको थियो ।रासस

––––––

Top