logo
  • Saturday, 21 September 2024

राजपरिषदको शपथ ग्रहण

Published Date : February 13, 1997


काठमाडौं , २ फागुन २०५३ । राजपरिषद स्थायी समितिका सभापति धनेन्द्रवहादुर सिंहले राजपरिषद् सदस्यमा थप हुनु भएका माधवकुमार नेपाल, दमननाथ ढुंगाना, श्रीधरशमशेर ज.व.रा., सिंहप्रताप शाह, गडुलशमशेर ज.व.रा, हिरण्यश्वरमान प्रधान र गोपालदास श्रेष्ठलाई आज यंहा आयोजित समारोहमा राजपरिषद् सदस्यताको शपथ गराउनु भयो ।

श्री सिंहले सो समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रामप्रसाद श्रेष्ठलाई पनि पदेन सदस्यताको शपथ गराउनु भयो ।

समारोहमा प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंह , राष्ट्रिय सभाका अध्यक्ष वेनीवहादुर कार्की तथा राजपरिषद् स्थायी समितिका सदस्यहरुको  उपस्थिति थियो । रासस

––––––

Top