logo
  • Saturday, 21 September 2024

नवनियुक्त प्रन्या राणाको जीवनी

Published Date : February 13, 1997


काठमाडौं, २ फागुन २०५३ । नवनियुक्त प्रधान न्यायाधीश त्रिलोकप्रताप राणा विगत ४० वर्षदेखि कानूनी सेवामा संलग्न रही आउनु भएका एक परिपक्व न्यायविद् हुनुहुन्छ ।

वि.सं. २०१३ सालमा तत्कालीन कानून तथा संसदीय मंत्रालयमा सेवा प्रवेश गर्नु भएका श्री राणाले क्रमश: शाखा अधिकृत, उपसचिव, महाकाली अंचल अदालतका अंचल न्यायाधीश, मध्यमान्चल क्षेत्रीय अदालतका न्यायाधीश र पूर्वान्चल तथा मध्यमान्चल क्षेत्रीय अदालतका मुख्य न्यायाधीश पदमा रही सेवा गर्नु भएको थियो ।

उहां २०३७ साल भदौ १ गतेदेखि सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पाल्पा तानसेनमा २ मार्च १९३२ मा जन्मनु भएका श्री राणाले भारतको आग्रा विश्वविद्यालयवाट वी.एस्सी. तथा एल.एल.वी. उत्तीर्ण गर्नु भएकोछ । उहांले लण्डनवाट जी.एल.वी. कोर्ष र जुडिसियल एड्मिनिष्ट्र्ेशन तथा एड्मिनिष्ट्र्ेटीभ ल सम्वन्धी तालीम प्राप्त गर्नु भएको छ।

संविधान सुधार आयोग र राष्ट्र्यि चुनाव आयोगमा सदस्य तथा शाही प्रेस सुधार आयोग र दासढुंगा दुर्घटना छानवीन आयोगमा अध्यक्ष रहेर पनि उहांले काम गर्नु भएको थियो ।

उहां गोदवा प्रथम, त्रिशक्तिपटृ दोश्राका साथै शुभराज्याभिषेक, जानपद र दीर्घसेवा पदकवाट विभूषित हुनुहुन्छ ।

श्री राणाले व्रिटेन, आयरल्याण्ड, फ्रान्स, इटली, स्वीटजरल्याण्ड, अमेरिका, भारत, पाकिस्तान, श्रीलंका, वंगलादेश, सिंगापुर र थाइल्याण्डको भ्रमण गर्नु भएको छ ।

प्रधान न्यायाधीश श्री राणाका श्रीमती, एक छोरा, एक छोरी छन् । रासस
–––––

Top