logo
  • Saturday, 21 September 2024

कोरियाली राजदूतद्वारा भेट

Published Date : February 13, 1997

काठमाडौं, २ फागुन २०५३ । वाणिज्य मन्त्री रामकृष्ण आचार्यसंग आज प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका राजदुत किम थेअ जोङ्गले शिष्टाचार भेट गर्नु भयो ।

वाणिज्य मन्त्रालयका अनुसार सो अवसरमा दुई देश वीच व्यापार अभिवृध्दि र सो कार्यमा एक अर्को मुलुकको सहयोगका सम्वन्धमा कुराकानी भएको थियो ।

वाणिज्य राज्यमन्त्री विष्णु विक्रम थापा र सचिव मोहन देव पन्तको सो अवसरमा उपस्थिति थियो । रासस

–––––

Top