logo
  • Saturday, 21 September 2024

औद्योगिक प्रदर्शनी

Published Date : February 13, 1997

१६— औद्योगिक प्रदर्शनी

गाईघाट, २  फागुन । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय उदयपुरको आयोजनामा यहां औद्योगिक प्रदर्शनी हालै सम्पन्न भयो ।

जिल्ला विकास समितिका सभापति हरिशंकर परियारले उद्घाटन गर्नु भएको सो प्रदर्शनी  ३ दिनसम्म संचालन भएको थियो ।

काठ तथा  बेत—बांस,  चित्रकला, वुनाइ ,ढाका कपडा तथा उनी कपडा, तयारी पोशाक समेत ३५  थरीका वस्तुहरु प्रदर्शनीमा  समावेश गरिएका थिए ।

सोलुखुम्वु,  खोटाङग् र उदयपुरका कृषकहरुले भाग लिएको सो प्रदर्शनीका उत्कृष्ट कृषकहरुलाई जिल्ला विकास समितिका सभापति हरिशंकर परियार र का.मु. प्रमुख जिल्ला  अधिकारी हरिहर दाहालले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो।

करीव २००० मानिसहरुले अवलोकन गरेको सो प्रदर्शनीमा प्रथम र द्धितीय हुनेहरुलाई क्रमश: रु. ५००।— र ३००।—प्रदान गरिएको थियो ।रासस

————

Top