काठमाडौं,२ फागुन २०५३ । काठमाडौं महानगरपालिकाका ओडा नं. ३५ त्रिदेवीनगरमा तिम्ल्याहाको नामवाट राखिएको नेपालको पहिलो विद्यालय ै त्रिदेवी इंगलिस वोर्डिङ स्कूल ै को स्थानीय २ वर्षीया तिम्ल्याहा कन्याहरु श्रद्धा, कुसुम र अन्जलीले श्रीपन्चमीको अवसरमा हिजो उद्घाटन गरे ।
विद्यालयको संस्थापक अनिता सापकोटा र पाचार्य शारदा सापकोटा हुनुहुन्छ ।
वि.सं. २०५१ माघ २५ गते कोटेश्वरमा जन्मेका तिम्ल्याहा कन्याकै नामवाट २०५२ जेठ महिनामा कोटेश्वरको दक्षिण पूर्वको ठूलो वस्तीलाई औपचारिक रुपमा त्रिदेवीनगर नामाकरण गरिएको थियो ।रासस
———