logo
  • Saturday, 21 September 2024

वजेट दिग्दर्शन कार्यान्वयन गोष्ठी

Published Date : February 13, 1997
ललितपुर, २ फागुन २०५३ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको वजेटलाई वढी वैज्ञानिक र यथार्थपरक वनाउने उद्देश्यले आज  यहां वजेट दिग्दर्शन कार्यान्वयन गोष्ठीको आयोजना ग–यो ।

मन्त्रालय, विभाग तथा परियोजनाहरुले वार्षिक  कार्यक्रम र वजेट तर्जूगर्ने विद्यमान पद्धतिमा परिमार्जन गर्ने, मन्त्रालयहरु वीच वजेट तर्जूमा गर्ने प्रक्रियामा एकरुपता ल्याउने र वजेट अनुमानलाई वढी वैज्ञानिक वनाउने उद्देश्य राखी संचालित  उक्त गोष्ठीमा सवै मन्त्रालयका प्रतिनिधिहरुलाई सहभागी गराइएको छ ।

गोष्ठीको उद्घाटन गर्दै अर्थ मन्त्री डा. रामशरण महतले मन्त्रालयले आफ्ना मातहतका कार्यालयहरुवाट पेश भएका वजेटको विश्लेषण गरी सही वजेट तर्जूमा गर्ने  आफ्नो दायित्वलाई पूरा नगरेको वताउनु भयो ।

उहांले   अर्थ मन्त्रालयमा पेश गर्ने वेलामा मात्र वजेटमाथि हतार हतार छलफल गर्ने नगरी प्रत्येक तह तहमै गंभीर विश्लेषण भइ वजेटको तर्जूमा हुनसकोस् भन्ने उद्देश्य गोष्ठीले राखेको चर्चा गर्दै  वजेटको अभिभारा योजना  आयोग र अर्थ मन्त्रालयलाई पन्छाएर मात्र  आर्थिक लक्ष हासिल हुन नसक्ने वताउनु भयो ।

डा. महतले वजेट वढी वस्तुगत र यथार्थ  फरक होस् भन्ने सोचाईले आगामी आर्थिक वर्ष र त्यस पछिको २ वर्षको समेत खर्च अनुमान तयार गर्ने परिपटी वसाल्ने त्रिवर्षीय चक्र योजना लागु गरिएको जानकारी पनि दिनु भयो ।

सभापतिको आसनवाट अर्थराज्य मन्त्री चीनकाजी श्रेष्ठले सरकार सामु आर्थिक सुधार कार्यक्रम र गरीव जनता माझ विकासको प्रतिफल पु–याउने दायित्वलाई तालमेलपूर्ण ढंगले अघि वढउनु पर्ने चुनौती रहेको उल्लेख गर्दै सरकारको वजेटलाई छिटा,े छरितो र प्रभावकारी वनाउन वजेट तयार गर्ने निकायदेखि कार्यान्वयन गर्ने निकायसम्मले जवाफदेही लिनु पर्ने विचार व्यक्त गर्नु भयो ।

महालेखा नियन्त्रक मुकुन्दप्रसाद अर्यालले मन्त्रालयहरुले वजेट काट्छ भनी वढी माग गर्ने  र अर्थ मन्त्रालयले वजेट वढी माग गरेको  भनी काट्ने परिपाटी रहेको वताउदै वजेट तर्जूमादेखि खर्च गर्ने प्रक्रिया सम्म सतर्कता अपनाउनु पर्ने वताउनु भयो । रासस

–––––

Top