logo
  • Saturday, 21 September 2024

शिक्षक तालीम

Published Date : February 13, 1997
तेह्रथुम, २ फागुन २०५३  । शिक्षा कार्यालयव्दारा अनौपचारिक प्रौढ शिक्षा कार्यक्रम अन्तर्गत सहयोगी कार्यकर्ताका लागि ९ दिने तालीम शुरु गरिएको छ ।

जिल्लाका १९ गाविसमा संचालन गरिने उक्त  तालीममा जिल्ला शिक्षा कार्यालयवाट ९० र गैर सरकारी संस्थावाट ६५ सहभागी रहेका छन् ।

यसैगरी स्थानीय नेपाल रेडक्रस सोसाईटीव्दारा सामुदायिक विकास कार्यक्रम अन्तर्गत परियोजना क्षेत्रका सड.ुनाम गाविसको चामचिड. ६ महिने सिलाई कटाई तालीम संचालन गरिएको छ ।

ग्रामीण महिलाहरुका लागि संचालित सो तालीममा ७ जना सहभागी रहेको कुरा वताइएको छ ।रासस

Top