logo
  • Saturday, 21 September 2024

प्रजातन्त्र दिवसमा प्रचार प्रसार उपसमिति

Published Date : February 13, 1997
काठमाडौं, २ फागुन २०५३ । सतचालिसौं राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिव्दारा गठित प्रचार प्रसार उप–समितिले अधिराज्यका सवै पत्रपत्रिकाहरुलाई आगामी राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने सन्दर्भमा विशेषांक प्रकाशित गर्न आव्हान गरेको छ ।

संयोजक सूचना तथा संचार मन्त्री चिरन्जीवी वाग्लेको सभापतित्वमा आज वसेको सो उपसमितिको वैठकमा रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रले उक्त दिवस भव्यताका साथ मनाउन आव्हान गर्दै भोलि देखिनै विशेष प्रचार प्रसार गर्ने निर्णय गरियो ।

यस अतिरिक्त पोष्टरहरु छापी जिल्लाहरुमा पठाउने, जिल्ला विकास समितिहरुले आ–आफ्नो जिल्ला अन्तरगतका नगरपालिका तथा गाविसहरुलाई फागुन ७ गतेको समारोह भव्यताकासाथ मनाउन आव्हान गर्ने तथा जिविस, गाविस, संघ संस्था तथा संस्थानहरुलाई आ–आफ्ना उपलव्धिहरु विभिन्न संचार माध्यमहरुव्दारा जनसमक्ष पु–याउनअनुरोध गर्ने निर्णय पनि वैठकले ग–यो । रासस

––––

Top